Sajhamanch Archive

यौनसित जोडिएका केही प्रभाव पक्ष

Published: in विविधा by .

सफल यौन जीवनका विषयमा समय-समयमा गरिएका अनुसन्धानहरूअनुसार सेक्स आनन्द प्राप्त गर्न नियमित व्यायाम र पौष्टिक आहारको सेवन आवश्यक छ।

दौडबाट यौनक्षमतामा वृद्धि

जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक
अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम एकपटक यौन सम्बन्ध स्थापित गर्छन्। त्यसैगरी तीन प्रतिशत जगर्सले आफू दिनमा दुई पटक यौन क्रियामा संलग्न हुने कुरा बताएका थिए। एउटा चर्चित पत्रिकामा प्रकाशित रिपोर्टअनुसार यो अनुसन्धानका बेला, ती व्यक्तिसित पनि कुरा गरियो जो दौड्दैनन्। नदौड्ने चारमध्ये एक व्यक्तिका अनुसार उनीहरू म्हिनामा एकपटक मात्र यौन सम्बन्ध स्थापित गर्छन्। वैज्ञानिकहरूका अनुसार यौन सक्रियताका लागि आवश्यक सेक्स हार्मोन टेस्टोस्टेरनको मात्रा दौडदा बढ्ने हुँदा नै यौन सक्रियता बढ्छ। यौन क्रियाकलापमा टेस्टोस्टेरन हार्मोनको सम्बन्ध हुनुका साथै रक्त सञ्चार तथा मांसपेशीको परिणामका साथै एकाग्रता, मुड र स्मरणशक्तिमा पनि यसको प्रभाव पर्छ।

अनारको रसबाट कामशक्ति

यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ। अनारको रसमा काम शक्तिबर्द्धक अद्भूत क्षमता हुन्छ। क्यालिफोर्नियाका वैज्ञानिकहरूका अनुसार एक महिनासम्म लगातार एक गिलास अनारको रस पिउनु कुनै पनि पुरुषका लागि कामोत्तेजिक औषधि भियाग्रा जस्तै हो। अनारको रसबाट शरीरमा एन्टी अक्सिडेन्ट बढ्छ र यौनांगहरूमा रक्तसञ्चार तीव्र हुन्छ। यसबाट व्यक्ति यौन क्रियामा बढी सक्रिय हुनसक्छ।

यौन कमजोरीमा माछाको तेल

अमेरिकी वैज्ञानिकहरूको एउटा अनुसन्धानअनुसार माछाको तेल महिला र पुरुषका अनेकन यौनसम्बन्धी कमजोरीलाई हटाउन सहयोग हुन्छ। कतिपय युवा विभिन्न कारणले आफ्नो साथीलाई पूर्णरूपमा यौनसन्तुष्टि प्रदान गर्न सक्षम हुँदैनन्। जसका कारण विवाहको एउटा निश्चित समयपश्चात् नै सम्बन्ध विच्छेदसम्मको स्थिति सिर्जना भएको पाइन्छ। वैज्ञानिकहरूका अनुसार यस्ता पुरुषले माछाको तेल एक चम्चा दैनिक रूपमा उपयोग गरेर आफ्नो यौन दुर्बलताबाट मुक्त हुन सक्छन्। क्यालिफोर्नियाका वैज्ञानिकहरूले ५० जोडी स्त्री-पुरुषमा यसको प्रयोग गरेका थिए जसको परिणामस्वरुप जो तीन महिनापूर्व यौन क्रियाकलापबाट बच्न चाहन्थे उनीहरूले प्रसन्नतापूर्वक यौनमा रुचि लिएको पाइयो।

कफीबाट यौन सक्रियता

एउटा अध्ययनअनुसार लगभग पचास वर्षको आयुपछि पनि जो कफी सेवन  गर्छन्, उनीहरू कफी नपिउनेहरूको तुलनामा बढी सक्रिय हुन्छन्। ब्राजिलमा गरिएको अनुसन्धानमा कफी पिउनाले शुक्राणुमा क्रियाशीलता आउने र सुस्त शुक्राणु पनि फूर्तिलो हुने देखियो। अनुसन्धानकर्ताहरूका अनुसार कफीमा पाइने रसायनिक तत्त्व तथा एन्टिअक्सिडेन्ट शुक्राणुको अण्डकोषसित मिल्ने सम्भावना पनि बढाउँछ जसको परिणामस्वरूप गर्भधारण हुन्छ। कफी बढी आयुका दम्पतीको यौन सक्रियताका लागि पर्याप्त लाभदायक हुन्छ। बढी उमेरमा कफी पिउनाले स्नायुको सक्रियता बढ्छ र केही विशेष मांसपेशी यौन अनुकूल हुन्छन्।

भियाग्राबाट गर्भधारणमा कमी

एक समाचारअनुसार यौनक्षमता बढाउन भियाग्रा सेवन गर्दा प्रजनन शक्ति प्रभावित हुन्छ। बि्रटिस वैज्ञानिकहरूको एक अनुसन्धानअनुसार भियाग्रा सेवन गर्ने व्यक्तिको प्रजनन चक्र पूरा हुन पाउँदैन र महिलाहरू गर्भधारण गर्नबाट वञ्चित हुन्छन्। अनुसन्धानका लागि वैज्ञानिकहरूले कैयन् व्यक्तिका शुक्राणु जाँच गरेका थिए। परिणाममा लगभग ८० प्रतिशत शुक्राणु भियाग्राबाट निष्क्रिय भएको पाइयो। यसबाट भियाग्राको प्रयोग पुरुषको यौनक्षमता बढाउन प्रयोग गर्न सकिने तर परिवार बढाउन प्रयोग गर्न नहुने प्रमाणित हुन्छ।

महिनावारीमा कामोत्तेजना

वैज्ञानिक अनुसन्धान अनुसार महिनावारीका दिनमा महिलाको एस्ट्रोजन र प्रोजेस्टेरन हार्मोनको स्तर तीव्र गतिमा परिवर्तन हुन्छ जसबाट उनीहरू यो समयमा बढी कामोत्तेजना अनुभव गर्छन्। महिनावरीको यौनमा गर्भाशयमा हुने संकुचन र पीडाबाट पनि राहत प्राप्त हुन्छ। यो समयमा कण्डोमको प्रयोग अवश्य गर्नुपर्छ। यो हाइजिनका दृष्टिले मात्र नभई गर्भधारणको दुई प्रतिशत सम्भावनाका दृष्टिले पनि आवश्यक छ। यसबाहेक महिलाहरूले हाइजिनको दृष्टिकोणबाट डायफ्राम प्रयोग गर्न सक्छन्।

नपुंसकताको सम्भावना

एक वैज्ञानिक अनुसन्धानअनुसार मोबाइल फोनको अत्यधिक प्रयोग गर्ने पुरुषको शुक्राणुको संख्या कम मात्र हुँदैन, तिनमा असामान्यताको लक्षण पनि देखा पर्न सक्छ। अनुसन्धानमा मोबाइल फोनको बढी प्रयोग गर्ने पुरुषमा शुक्राणुको ३० प्रतिशत कमी पाइयो र बाँकी शुक्राणुमा पनि असामान्यताको लक्षण देखापर्‍यो। विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनअनुसार मोबाइल फोनको रेडियो फ्रिक्वेन्सीले शरीरमा नकारात्मक प्रभाव पार्छ विशेषगरी प्रजनन अंगहरूमा।

हृदयरोगमा कमी

वैज्ञानिक सर्वेक्षणहरूअनुसार स्वस्थ यौनजीवनबाट हृदयरोगको खतरा कम हुन्छ। उक्त सर्वेक्षणमा ४२ देखि ५० वर्षका महिलालाई समावेश गरिएको थियो। यसबाट वैवाहिक जीवनबाट असन्तुष्ट महिलाहरूमा हृदयरोगको आशंका अन्य महिलाको तुलनामा एक तिहाइ कम भएको पाइयो। विधवा माहिलाहरूमा हृदयरोग उत्पन्न हुने आशंका साढे पाँच गुणा बढी हुन्छ। त्यसैगरी पारपाचुके गरेका वा एकल महिलामा यो आशंका स्वस्थ यौवनजीवन बिताइरहेका महिलाको तुलनामा दुई गुणा बढी हुन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *