Sajhamanch Archive

राष्ट्रपति भण्डारी कतार प्रस्थान यस्तो छ ४ दिने कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् ।

भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा  त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे ।
अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सकेनन् ।
राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।
यस्तो छ कार्यक्रम
भ्रमणका क्रममा  कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् ।

यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।
भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *