Sajhamanch Archive

नेपाल–मलेसियाबीच भएको श्रम समझदारीमा के छ ?

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो ।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको हो । यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।

यस समझदारीसँगै ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समझदारी महत्वपूर्ण कदम भएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने गरी सम्झौता भएको छ ।

समझदारीसँगै मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, स्वास्थ परीक्षण गराउँदा लाग्ने खर्च, सुरक्षा जाँचलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।

अब नेपाली कामदारलाई लाग्दै आएको ‘लेवी’समेत नलाग्ने भएको छ ।

कामदारहरुको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *