Sajhamanch Archive

छिमेकी साकोसको जनता र मंगलवारे बजारमा सेवा केन्द्र स्थापना

Published: (Updated: ) in सहकारी by .

दूधे । झापाको शिवसताक्षी रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले सोमबार एकै दिन नगरका दुई स्थानमा सेवा केन्द्र विस्तार गरेको छ ।

नगरको २ नम्बर वडा स्थित मंगलवारे र ५ नम्बर वडाको जनता वजारमा सेवा केन्द्र विस्तार गरेको संस्थाका अध्यक्ष गणेश प्रधानले जानकारी दिए । वि.सं.०६४ सालमा स्थापना भएको सो सहकारी संस्थामा करिव ८ सय लगानी कर्ता छन । सहकारी संस्थाका प्रवन्धक नरप्रसाद ओलीले दिएको जानकारी अनुसार असोज मसान्तसम्ममा संस्थामा २ करोड ७६ लाख चुक्ता पुँजी रहेको छ भने सोही अवधि सम्ममा ७ करोड निक्षेप संकलन भएको छ । शिवसताक्षी नगरमा वचत तथा ऋण प्रकृतिका सहकारी मध्ये सवै भन्दा धेरै चुक्ता पुँजी छिमेकी सहकारी रहेको संस्थाले दावी गरेको छ ।

सहकारीले शिवसताक्षी नगरका उद्यमी व्यवसायीलाई साढे १० करोड रुपैयाँ लगानी गरेको संस्थाका प्रवन्धक आलीले जानकारी दिए । चालु वर्षको यो अवधिमा मात्र ३ करोड कर्जा संस्थाले प्रवाह गरेको छ । नगरको ८ नम्बर वडा स्थित झिलझिलेमा प्रधान कार्यालय रहेको सहकारीको करिव २० करोड मुल्य वरावरको स्थायी सम्पति रहेको संंस्थाले जनाएको छ ।

धरमपुरको मंगलवारेमा सेवा केन्द्र उद्धघाटनकै दिन ५ लाख र जनता वजारमा स्थापना भएको सेवा केन्द्रवाट ६ लाख २५ हजार कारोवार भएको धरमपुर सेवा केन्द्रका संयोजक उदय प्रकास राईले जानकारी दिए ।

मंगलवारे सेवा केन्द्रको उद्घाटन स्थानिय वजार विकास समितिका अध्यक्ष भिम नेम्वाङले गरेका थिए । कार्यक्रममा संस्थाको वारेमा प्रवन्धक ओली र सेवा केन्द्र विस्तारको औचित्यका वारेमा सदस्य पर्शुराम ढुंगानाले प्रकाश पारेका थिए ।

यता जनता वजारको सेवा केन्द्रको उद्घाटन वडा नम्बर ५ का वडा अध्यक्ष सत्य नारायण राजवंशी र वडा नम्बर ४ का अध्यक्ष अधिकचन ताजपुरियाले गरेका थिए । पर्शुराम ढुँगानाले स्वागत गरेको दुवै कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा र संस्थाका कार्यसमिति सदस्य गणेश घिमिरेको सञ्चालन रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *