डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी
Published:
by .
काठमाडौँ । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् ।
डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।
उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ ।डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।
मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेका थिए ।
नयाँ पत्रिकाबाट ।
Comments