चीनले साँचो दियो, ब्रुमर अझै आएन
Published:
by .
काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र ।
चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेको छ । ब्रुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ ।
यता, महानगरले आफै खरिद गर्न लागेको ब्रुमर पनि आउन बाँकी रहेको छ । ११ करोड रुपैयाँमा खरिद गर्न लागिएको पाँचवटा ब्रमर आउन अझै चार महिना लाग्ने बताइएको छ ।
महानगरसँग भएका सानोखालका ब्रमरको ब्रस भाँचिएकाले प्रयोगमा आउन सकेका छैनन् । नयाँ ब्रस भारतबाट मगाउनुपर्ने महानगरले जनाएको छ ।
Comments