Sajhamanch Archive

बर्दघाटको फर्निचर उद्योगमा आगलागी, १ करोड ६० लाख बराबरको क्षति

Published: in राष्ट्रिय समाचार by .

नवलपरासी । पश्चिम नवलपरासी को बर्दघाटमा एक फर्निचर उद्यागमा आगलागी भएको छ। बर्दघाटमा रहेको जय बुद्ध सिसा, प्लाई तथा फर्निचर उद्योगमा विहान पौने ९ बजेको समयमा आगलागी भएको हो।

आगलागीका कारण फर्निचर उद्याग पूर्ण रुपमा ध्वस्त भएको छ। फनिर्चर उद्योगकै कम्पाउण्ड भित्र राखिएको कार समेत जलेर पूर्ण क्षति भएको छ। उद्योगमा के कति कारणले आगलागी भएको हो भन्ने अहिलेसम्म खुल्न नसकेको र क्षतिको विवरण आईसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय,  नेपाल प्रहरी र शसस्त्र प्रहरी खटेको थियो।

नजिकै दम्कल नभएका कारण आगलागी समयमा नियन्त्रण हुन नसकेको स्थानीयको भनाइ छ। आगलागी भएको करिव १ घण्टा पछि मात्र रामग्राम नगरपालिकाको दम्कल आएको थियो। आगलागि भएको करिव २ घण्टामा आगलागि नियन्त्रणमा आएको हो।

दम्कलले आगो नियन्त्रणमा लिए पनि उद्योग पुर्ण रुपमा क्षति भएको छ भने उद्योग रहेको भवन समेत भत्किएको छ। उद्योगमा आगलागीका कारण १ करोड ६० लाख बराबरको क्षति भएको संचालक राजु पाण्डेले बताए। क्षतिको पूर्ण विवरण निकाल्ने काम भैरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *