Sajhamanch Archive

अर्काकी पत्नीसँग यौनसम्बन्ध राखेपछि युवकलाई कालो मोसो दलेर गाउँ घुमाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

महोत्तरी, १३ कात्तिक । महोत्तरी जिल्लामा छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा एक युवकलाई मुण्डनका साथै कालो मोसो दलेर गाउँ घुमाइएको छ ।

एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई सैयौँको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका थिए ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक यौन सम्बध राखेका थिए ।

पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताएका छन् ।

घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *