Sajhamanch Archive

दिक्क लाग्यो भने, यसो गर्नुहोस्, दुई मिनेटमा मुड परिवर्तन गर्न सक्नुहुनेछ ।

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ I कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ I घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ ।

समाधान के त ?

एउटा अभ्यास गरि हेरौँ है त ।

यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् I आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्यो । मन कस्तो दुखिरहेको थियो । तपाईको दु:ख सुन्ने कोहि साथी पनि सँगै थिएन I कस्तो गाह्रो थियो, कस्तो सकस थियो । दृश्य र अनुभूतीले डर लाग्न थाल्छ । याद गर्नुस् I अब आँखा खोल्नुस् I

बसेको ठाँउबाट उठ्नुस । अहिले पढौँ, पछि गरौंला सोचिरहनु भएका साथीहरु, यो अभ्यास सिक्नु छ, यसको प्रभाव बुझ्नु छ भने पछि होइन, अहिले उठ्नुस त।

टाउकोलाई ६० डिग्रीमा उठाउनुस्, हात माथि माथि आकाश तर्फ लैजानुस् । अोठलाई मुस्कुराउन दिनुस् I अघि सम्झिएको घटना फेरि हुबहु सम्झनुस् । अघि सम्झिएकै पीडा सम्झनु । के भयो ? अनुभूति गर्नुस् । हास उठ्यो होइन I नाच्न मन लग्यो होला होइन । जति समय हाँस्न मन लाग्छ, मज्जाले हाँस्नुस् ।

यसो किन हुन्छ ? एकै छिनमा कसरी यस्तो मुड परिवर्तन भयो ?

कुरा सरल र रमाइलो छ I हाम्रो शरीरको हाउभाउ, हात खुट्टाको चालले हाम्रो दिमागलाई सिधा असर गर्छ I सिधा वा माथि हेर्दा उदासिनता घट्छ। त्यसैले सधैं आफ्नो शीर उच्च राख्नु पर्छ । शरीरको हाउभाउ मिलाए मात्र पनि धेरै सकारात्मक ऊर्जा प्राप्त गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *