Sajhamanch Archive

विश्वकै ठूलो एयरपोर्ट टर्कीमा, जहाँ कामदार मात्रै २ लाख

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इस्तानबुल । टर्कीका राष्ट्रपति रिसेप ताइप इर्डोगानले हालै आफ्नो महत्वाकांक्षी योजनाको एयरपोर्ट सम्पन्न गरेका छन् ।

टर्कीको स्तानबुलमा बनाइएको याे एयरपोर्ट विश्वकै ठूलो भएको बताइएको छ । ‘यो एक विमानस्थल इस्तानबुलको लागि मात्रै बनाइएको हैन,’ गत सोमबार राष्ट्रपति इड्रोगानले एयरपोर्ट उद्घाटन गर्दै भने, ‘यो क्षेत्र र सिंगो संसारकै लागि बनाइएको हो ।’

इस्तानबुल सहरलाई उनले सुन्दर र बहुमुल्य धातुको रुपमा तुलना गर्दै यहाँ बनाइएको एयरपोर्टलाई उनले आफ्नो गौरवमय काम भनी ब्याख्या समेत गरेका छन् ।इस्तानबुलको यो एयरपोर्ट विश्वकै ५ औँ ब्यस्त एयरपोर्ट हुने पनि अपेक्षा गरिएको छ । जुन न्युयोर्कको म्यानहट्टन आइसल्याण्ड भन्दा पनि ठूलो छ ।

११ अर्ब अमेरिकी डलर मुल्यमा बनाइएको यो एयरपोर्ट टर्कीको इतिहासमै सर्वाधिक महंगो प्रोजेक्ट हो । जहाँ २ लाख कामदारले आफ्नो श्रम बेचेका छन् । यस बीचमा ३० जना भन्दा बढी कामदारले ज्यान नै गुमाए । अधिकारकर्मीहरुले भने ४२ महिनाको अवधिमा ३८ कामदारले ज्यान गुमाएको दाबी गरेका छन् । श्रमको अन्तर्राष्ट्रिय ऐन अनुसार ज्याला नदिएको, न्युनस्तरको सुविधासहित काममा खटाएको भन्दै विरोध समेत भएको थियो ।

वातावरण संरक्षणकर्मीहरुले भने यो विशाल एयरपोर्टले वातावरणीय क्षति हुने भन्दै यसको आलोचना गरेका छन् । गणतन्त्र टर्कीको स्थापना दिवसको अवसर पारी एयरपोर्टलाई विधिवत रुपमा सुरु गर्ने बताइएको छ । इस्तानबुलका पूर्व मेयर समेत रहेका राष्ट्रपति इड्रोगानले भने आफ्नो यो कामलाई देश र आफ्नो क्षेत्रकै गौरव भएको दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *