Sajhamanch Archive

आँखा कम्जोर हुन नदिनको लागी यस्ता खानेकुराहरु खानुहोस

Published: in रोचक कुरा / टिप्स by .

आँखा हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अंग हो । यसको सहाराले हामी संसार देख्न सक्ने भएका छौँ । यदि आँखा भएन भने संसार हाम्रो लागी अध्यारो हुन्छ । त्यसैले आँखाको हेरचाहा गर्नामा हामीले कुनै पनि लापरवाही गर्न हुदैन । आँखालाई स्वास्थ्य राख्नको लागी हामीले हाम्रो खानेकुराहरुमा पनि निकै ध्यान पुर्याउनु पर्छ । विभिन्न फलफुलले हाम्रो आँखाको दृस्टी बढाउन मद्धत गर्छ ।

आँखालाई बलियो बनाउन यस्ता खानेकुराहरु खानुहोस :

१) भिटामिन : शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

२) बदाम : बदाम आँखाका लागि लाभदायक हुन्छ । राति पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

३) हरियो सागपात : आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

४) ओखर : ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *