Sajhamanch Archive

काँकरभिट्टामा बृहत साँस्कृतिक कार्यक्रमको तयारी

Published: in टिप्स/जानकारी by .

मेचीनगर । झापाको मेचीनगर—६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा वृहद साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको द भ्वाइस अफ नेपालमा मेचीनगरबाट सहभागी कलाकारहरुको प्रोत्साहनका लागि आइतबार काँकरभिट्टा टाउन इभेन्ट र मेची जीम क्लबको आयोजनामा काँकरभिट्टा फेस्टिवल नाइट इभेन्ट हुन लागेको इभेन्ट व्यवस्थापक सुमन थापाले बताए ।

कार्यक्रममा यी दुई कलाकारसहित एपी वान एच डीबाट प्रशारण भइरहेको नेपाल आइडल सिजन २ मा सहभागि विश्वास उप्रेतीसहित मङ्की टेम्पल र कववेब व्याण्डको प्रस्तुती रहने छ ।

थापाले स्थानीय कलाकारहरुलाई थप उर्जा दिनका लागि यी नगरका प्रतिभालाई अझ माथि पुर्याउन सवैमा आग्रह गरेका छन् । उनका अनुसार साँझ साढे ३ बजेबाट शुरु हुने कार्यक्रममा प्रवेश शुल्क २ सय रुपैयाँमात्र राखिएको छ भने विद्यार्थीहरुका लागि शनिबारसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *