Sajhamanch Archive

भद्रपुरमा ४० जना ज्येष्ठ नागरिक सम्मानित

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । दिपावलीको अवसर पारेर एक कार्यक्रमका बीच ४० जना ज्येष्ठ नागरिकलाई भद्रपुरमा सम्मान गरिएको छ ।
पूर्व न्यायाधिश तथा समाजसेवी नन्दप्रसाद पौडेलको अगुवाइमा भद्रपुर ८ स्थित राधा नन्द मिनी मार्केटमा ६० वर्षमाथिका अग्रज ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

नन्दप्रसाद पौडेलको अध्यक्षता तथा भाषा सेवी चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज व्यक्तित्व विश्वनाथ अधिकारी, नारायणप्रसाद पराजुली, धनबहादुर लिम्बू, नारायण गिरी लगायतले मन्तव्य राख्दै समाजमा जेष्ठ नागरिकको कदर गर्ने परम्परा हराउनु नहुने धारणा राखेका थिए ।

सयपत्री फूलको माला र अविरले सामाजिक अगुवा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) विशेष अतिथि थिए भने सञ्चालन खगेन्द्रा खुसीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *