Sajhamanch Archive

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

Published: in मिडियाबाट साभार by .

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको छ ।

चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।

चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।

नियन्त्रणपछि यो वर्षको दशैँमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन् ।’

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *