Sajhamanch Archive

किन दिए स्वास्थ्य मन्त्रालयका सहसचिवले राजीनामा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.विकास लामिछानेले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।

डा.लामिछानेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् । कुनै काम गर्ने वातावरण नबनाएको भन्दै आफू राजीनामा दिन बाध्य भएको उनले बताएका छन् ।

विस २०४६ सालबाट सरकारी सेवामा प्रवेश गरेका लामिछानेले ९ महिनापछि अवकास पाउँदै थिए । उनले अहेवबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

तत्कालीन स्वास्थ्यसचिव डा.पुष्पा चौधरीले एक दर्जन सहसचिवलाई महिनौसम्म काम बिहीन बनाएपछि लामिछाने रुष्ट थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *