Sajhamanch Archive

मेचीनगरमा देउसी भैलोलाई ५१ रुपैया भन्दा बढी दिन लिन नपाउने

Published: (Updated: ) in स्थानीय तह by .

मेचीनगर ।मेचीनगर नगरपालिकाले दिपावलीका अवसरमा खेलीने देउसी तथा भैलौमा ५१ रुपैयाँभन्दा बढी दक्षिणा दिन र लिन नपाउने निर्णय गरेको छ ।

नगरपालिकाले बुधबार आफ्नै कार्यकक्षमा आयोजना गरेको सर्वपक्षिय छलफलका सहभागीहरुले यो निर्णयको स्वागत गर्दै कार्यान्वयन गर्नेमा प्रतिवद्धता जनाएका छन् । दक्षिण लिने क्रममा कसैले पनि बरबापमा पार्न नपाउने समेत छलफलले निर्णय गरेको छ ।

निमित्त नगर प्रमुख मिना पोखरेल उप्रेतीको सभापतित्वमा भएको छलफलले नेपाली मौलिक परम्परा झल्किने भेषभुषा र गीत तथा संगीतमा लक्ष्मी पूजाका दिनदेखि भाइ टिकासम्म देउसी भैलो तीन दिन राती १० बजेसम्म मात्र खेल्न पाउने समय सीमा निर्धारण गरेको छ ।

साथै देउसी भैलोको नाममा मादक पदार्थ सेवन गरेर स्थानीयलाई आतंकित पारे, सवारी नियम नियम उल्लंघन गरे तथा सार्वजनिक स्थलमा होहाल्ला गरे स्थानीय प्रशासनले कानुन बमोजिम कारवाही गर्ने समेत छलफलले निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । जुवा तथा जुवाजन्य खेलमा पुर्णरुपमा प्रतिबन्ध लगाउने, पटका जस्ता प्रज्वलनशील वस्तुले धन जनको क्षति गर्ने भएकाले यसको आयात तथा प्रयोगमा समेत कडा निगरानी गर्ने भेलाले निर्णय गरेको छ ।

दीपावलीभरि विद्युत आपूर्ति नियमति गर्न प्राधिकरणलाई आग्रह गर्ने छलफलले निर्णय गरेको र उक्त निर्णय कार्यन्वयन भए नभएको अनुगमनका लागि नगर प्रमुख कार्यापालिका सदस्य, नगरपालिकाका कर्मचारी, स्थानीय प्रशासनले नियमित अनुगमन गर्ने समेत निर्णय भएको प्रेस संयोजक उप्रेतीले बताए । नगरका मदिार पसलहरु साँझ ८ बजेभित्रमा बन्द गर्नुपर्ने भएको छ ।

छलफलमा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, सामुदाियक विकास अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य विश्लेषक दीपेन्द्र कार्की, मेचीनगर नगरपालिका ३, ६ र १० नम्बरका वडाध्यक्षहरु क्रमस हर्कबहादुर वस्नेत, नवीन वराल, सुदय पनेरु, कार्यापालिका सदस्यहरु टिकाराम मंग्रान्ती, लक्ष्मी पाख्रीन, न्यायिक समिति सदस्यहरु छोटबहादुर राई, इन्द्रकुमार प्रधान, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा, इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजाल, सशसत्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक नारायणप्रसाद आचार्य नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीलगायतको सहभागिा रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *