Sajhamanch Archive

नगरपालिकामा बुझायो महासंघले ज्ञापन पत्र, बालशिक्षकलाई अन्य नगरपालिकाको भन्दा केही रकम बढाएरै दिइने नगर प्रमुखको भनाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । नेपाल शिक्षक महासंघ नगरसमितिले शिवसताक्षी नगरपालिकामा विहीबार ज्ञपान पत्र बुझाएको छ । नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक समस्याहरु बढ्दै गइरहेकाले समस्या समाधानका लागि ज्ञापन बुझाएर नगरपालिकाको ध्नाकर्षण गराएको नेपाल शिक्षक महासंघ नगर समितिले जनाएको छ ।

महासंघले ५ सुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको हो । जसमा नगरपालिका अन्तर्गतका शिक्षक कर्मचारीहरुको मासिक तलब भत्ता दिने व्यवस्था मिलाउनु पर्ने, बालशिक्षक र कर्मचारीहरुलाई न्युनतम २ हजारका दरले तलब बृद्धि गरिनु पर्ने, विद्यालय कर्मचारी र बालशिक्षकहरुको पोशाक भत्ता ६ हजार बनाउनु पर्ने माग रहेको ज्ञपान पत्रमा उल्लेख छ । त्यस्तै शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक काम कार्यवाही गर्नु पर्ने, शिक्षामा न्युनतम कुल बजेटको २० प्रतिशत रकम छुट्याउनु पर्ने माग गरेका छन् ।

ज्ञपान पत्र बुझ्ने क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले शिक्षा क्षेत्र सरकारले गरेको लगानीको प्रतिफल नआएको गुनासो व्यक्त गरे । उनले सामुदायिक विद्यालयहरुमा अझै पनि शिक्षाको गुणस्तर बृद्धि हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

प्रमुख शेर्माले कतिपय शिक्षकहरुको समस्याहरु नगरपालिकालाई जानकारी नगराइएकाले समस्याको सामाधन नभएको बताए । उनले शिक्षकको मागप्रति आफु गम्भिर भएको जानकारी दिए । आउँदो आ.व.मा शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्ने भन्दै बाल शिक्षक र कर्मचारीहरुलाई अन्य नगरपालिकाले दिएको रकम भन्दा केही रकम बढाएरै दिने विश्वास दिलाए ।

ज्ञपान पत्र नेपाल शिक्षक महासंघ शिवसताक्षी नगर समितिका अध्यक्ष बेनु प्रसाद कार्कीको नेतृत्वमा बुझाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *