Sajhamanch Archive

कांग्रेसको चियापान आज, एक लाखलाई निम्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं। प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा (आज) शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दैछ ।

सो कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

यसअघि सत्तारुढ दल नेकपाले गएको शनिबार आयोजना गरेको चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । चियापानको नाममा अनावश्यक खर्च गरेको भन्दै नेकपा नेतृत्वको जनस्तरबाट आलोचनासमेत भएको थियो । नेकपाले भन्दा बढीलाई निमन्त्रणा पठाएपछि कांग्रेसको समेत आलोचना सुरु हुन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *