Sajhamanch Archive

फ्राइडे रिलिज : ‘चंगा चेट’ र ‘मालिका’ 

Published: in टिप्स/जानकारी by .

काठमाडौं । अघिल्लो साता कुनै चलचित्र रिलिज नभए पनि यो साता अर्थात आज शुक्रबार दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हुन् ‘चंगा चेट’ र ‘मालिका’ ।

शुक्रबार रिलिजको परम्परा धान्दै यी दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । यद्ययी यी दुबै चलचित्रले देशभरका हल कम्बा भने गर्ने छैन । केही साता अगाडि आएका ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ले केही स्टेशन अझै कब्जा गर्नेछ ।

‘चंगा चेट’
सफल निर्देशक दीपेन्द्र के खनालले बनाएको चलचित्र ‘चंगा चेट’ देशभरका धेरै स्टेशनबाट प्रदर्शनमा आएको छ । पैसा हुने र नहुने तीन युवाको कथा देखाइएको चलचित्र कमेडी जनरामा निर्माण भएको हो ।

‘पशुपतिप्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरेका दीपेन्द्रको यो चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले निर्माण गरेका हुन् । ‘चंगा चेट’ आफ्ना अघिल्ला चलचित्र भन्दा निकै उत्कृष्ट भएको निर्देशक खनालको दाबी रहेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

माधव वाग्लेसँग शर्मिला पाण्डेको निर्माण सहकार्य रहेको यो चलचित्रको ‘गोजीमा दाम छैन’ गीत निकै लोकप्रिय बनिसकेको छ । चलचित्रले सिगंथ थिएटर र मल्टिप्लेक्समा धेरै सो पाएको छ ।

‘मालिका’ 
अभिनेत्री रेखा थापाको निर्देशन रहेको ‘मालिका’ मा नव अभिनेत्री कमला वली मुख्य भूमिकामा छिन् । रेखाको पनि अभिनय रहेको यो चलचित्रले देशभर कम चलचित्र भवन पाएको छ । चलचित्रले महिला सशक्तिकरणको मुद्दा उठाएको छ । बलात्कार, घरेलु हिंसा, बेचविखन, दाइजो प्रथामा फिल्म बनेको रेखाले बताइन् । क्यूएफएक्सले ‘मालिका’ लाई ४ र ‘चंगा चेट’ लाई १६ सोज दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *