Sajhamanch Archive

साउदीका राजकुमारले भने : हत्या गरिएका पत्रकार खशोज्जी खतरनाक थिए

Published: in समाज by .

काठमाडाैं । गएको अक्टोबर २ मा टर्कीको स्तानबुलमा हत्या गरिएका साउदीका पत्रकार जमल खशोज्जीको हत्या अझैसम्म रहस्यमय रहेको छ ।

विश्वभर खशोज्जीको हत्याको बिरोध भए पनि उनको हत्याबारे तथ्य बाहिरिएको छैन् । अमेरिका लगायत विश्वका ठूला देशहरुले समेत उनको हत्याको बिरोध गरेका छन् । तर साउदीले उनको हत्याको तथ्य अझै बाहिर ल्याएको छैन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले अमेरिकालाई खशोज्जी कट्टर इस्लामिस्ट रहेको बताएका छन् । राजकुमार मोहम्मदले साउदीले अमेरिकालाई खशोज्जीको हत्या टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतवासभित्र भएको जानकारी दिनुभन्दा पहिला उनी कट्टर इस्लामिस्ट रहेको जानकारी दिएका थिए ।

साउदी अरबले न्यू योर्क टाइम्स र वासिङ्टन पोष्टले सार्वजनिक गरेको खशोज्जीको हत्याबारेको रिपोर्ट सत्य नभएको बताएको छ । साउदीमा खशोज्जीको हत्या गरेको र अक्टोबर २ मा शव नष्ट पारिएको भन्दै शासकहरुको आलोचना भएको छ । हत्या गरिएका पत्रकार खशोज्जीको मृत शरीर अझै भेटिएको छैन् ।

साउदी–अरबले राज परिवार खशोज्जीको हत्यामा संलग्न नरहेकोे जिकिर गरिरहेको छ । साउदीले खशोज्जीको हत्यामा संलग्नबारे आफूहरुले सत्यतथ्य खोजिरहेको जनाएको छ ।

अघिल्लो महिना साउदी राजकुमारले पत्रकार खाशोज्जीको हत्या साउदीका लागि पीडादायक रहेको बताएका थिए । अमेरिकासँगको फोन सम्पर्कमा साउदीका राजकुमार मोहम्मद बिनले, ‘खशोज्जी इस्लामिसट संगठनमा मुस्लिम ब्रदरहुडको सदस्य रहेको’ बताएको वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

अमेरिकासँगको त्यो फोन सम्पर्क हत्या गरिएका पत्रकार खशोज्जी हराएको एकहप्तापछि, गएको ९ अक्टोबरमा भएको थियो । तर हत्या गरिएका पत्रकार खशोज्जीका परिवारले उनी ‘मुस्लिम ब्रदरहुड’मा सदस्य नरहेको दाबी गरेका छन् । परिवारका अनुसार खशोज्जीले पनि गएको वर्ष आफू मुस्लिम ब्रदरहुडमा संलग्न नरहेको स्पष्टिकरण दिएका थिए ।

परिवारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘खशोज्जी कुनै प्रकारले खतरनाक व्यक्ति होइनन्, त्यस्तो दाबी गर्नु हाँस्यास्पद छ ।’

टर्कीले दिएको जानकारी अनुसार पत्रकार जमाल खशोज्जी दूतावास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको थियो । तर यसबारे टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

टर्कीले दिएको बयानका अनुसार ‘उनको हत्याको योजना पहिला नै तय भैसकेको थियो । योजना अनुरुप नै खशोज्जी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गर्ने वित्तिकै घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।’

साउदी नागरिक खसोज्जी अमेरिकी सञ्चारमाध्यममा काम गर्थे । उनी साउदी अरबको शासकको कडा आलोचकको रुपमा परिचित थिए । गएको अक्टोबर २ तारिखमा खसोज्जी इस्तानबुलको साउदी दूतावास गएका थिए, जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियो ।

अघिल्लो महिना खसोज्जीकी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्तर्वार्ता दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘साउदी अरबले खसोज्जीलाई मार्ने षड्यन्त्र रचेको थाहा पाएको भए, उनलाई दूतावासमा जान दिदैनथेँ ।’ खासोज्जी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *