Sajhamanch Archive

ब्राहदशीमा लागुऔषध तथा दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

Published: in राष्ट्रिय समाचार by .

झापा । झापाको बाह्रदशी गाउँपालिका स्थित कञ्चनगढ एजुकेशन फाउण्डेशनले यौनजन्य अपराध, ट्राफिक नियम तथा लागु औषध दुव्यर्शन बिरुद्ध एक दिवशीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

चेतना नेपालको संयोजन तथा बिद्यालयको आयोजनामा आयोजीत कार्यक्रमका वक्ताहरुले समाजमा बढ्दै गएको यौन अपराध तथा लागु औषध दुव्र्यसनी हुने गरेका घट्ना न्युनिकरण गर्न अभिभावक तथा समाजका जीम्मेवार व्यक्तिहरुले नै सजग हुनुपर्ने औल्याएका थिए ।

जिल्ला प्रहरी प्रमुख भिम प्रसाद ढकालले मदिरा तथा लागुऔषध प्रयोगकर्ताबाट समाजका अपराधजन्य गतिबिधी बढ्दै गएकाले यःता गतिबिधीलाई जील्लाबाटै अन्त्य गर्न सवैको भुमिका अपरीहार्य रहेको बताए । प्रहरी संगठनभित्र चुस्त दुरुस्त रुपमा काम गर्न र पिडितसँग प्रहरी अभियानलाई सफल बनाउन सर्वसाधारणकै भुमिका महत्वपुर्ण हुने उहाँकोउनको भनाई थियो ।

त्यस्तै ट्रफिक प्रहरी प्रमुख राजेश राईले दुर्घट्ना हुन नदिन र नियन्त्रण गर्न ट्राफिक प्रहरी हातेमालो गरेर काम गरिरहेको बताए । उनले सवारी चालक र पैदलयात्रीले ट्राफिक नियमको पालना गरेमात्रै पनि सवारी दुर्घट्ना न्युनिकरण हुने जानकारी दिए । त्यस्तैगरी चेतना नेपालका अध्यक्ष ईन्द्र ओलीले बढ्दै गएको दुव्र्यसनी र यसले समाजलाई गर्ने प्रत्यक्ष असरबाट बच्न बिद्यार्थी र अभिभावक जिम्मेवार बन्ने हो भने यस्ता घट्नाहरु नियन्त्रण गर्न राज्यलाई समेत सहयोग पुग्ने बताए ।  ।

बिद्यालय व्यबस्थापन  समितिका अध्यक्ष चन्द्रकला ढकालको अध्यक्षता तथा जील्ला प्रहरी प्रमुख भिम प्रसाद ढकालको प्रमुख आतीथ्य रहेको कार्यक्रममा बाह्रदशी शिक्षा प्रमुख प्रकाश गुरुङ,श्रोत व्यक्ति छवीलाल बस्नेत , बिर्तामोड नगरपालीका २ का वडाध्यक्ष नगेन्द्र संग्रौला लगायतको उपस्थिती  रहेको थियो । कार्यक्रमको औचित्यमाथी बिद्यालयका सस्थापक  प्रिन्सीपल जीवन पनेरुले प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *