Sajhamanch Archive

सनराइज र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम फाइनलमा

Published: (Updated: ) in खेलकुद by .

शनिश्चरे, कात्तिक १६ । सनराइज एफएम र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम झापा मिडिया कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

विवेचना दैनिकले आयोजना गरेको ग्रासरुट फुटबल मैदानमा जारी मिडिया कपको पहिलो सेमिफाइनल खेलमा सनराइजले मेरो रेडियो र यलम्बर टाइम्सको संयुक्त टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसका लागि प्रकाश अधिकारी र दर्शन मगरले गोल गरे । प्रकाश खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले नगद एक हजारसहित ट्रफी प्रदान गरे ।

अन्तिम सेमिफाइनल खेलमा आयोजक विवेचना दैनिकविरुद्ध जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिमले शानदार जीत निकालेर फाइनल यात्रा तय ग¥यो । म्यान अफ दी म्याच घोषित सुमन विकको ह्याट्रिक मद्दतले फाइनलमा स्थान सुरक्षित भएको हो । उनलाई नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले नगदसहित ट्रफी प्रदान गरे ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद ३१ हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउने खेल संयोजक रमेश समदर्शी राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *