कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?
Published: (Updated: )
by .
भद्रपुर । एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ ।
सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो ।
प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो ।
रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।,
नेपाल समाचार पत्रबाट ।
Comments