Sajhamanch Archive

ट्याक्सी चालकलाई पिटेको आरोपमा आर्सनलका पूर्व स्ट्राइकर निकोलसलाई ५० दिन जेल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर निकोलस बेन्डनरलाई ५० दिनको जेल सजाय भएको छ । ट्याक्सी चालकलाई दुर्व्यवहार गरेको भन्दै निकोलसलाई अदालतले जेल सजाय सुनाएको हो ।

३० वर्षीय निकोलसले यही सेप्टेम्बर महिनामा ट्याक्सी चालकसँग झगडा गर्दै कुटपिट गरेको सीसीटीभीमा देखिएको थियो । हाल रोजेनबर्गबाट खेलिरहेका निकोलसलाई कोपनहेगनको जिल्ला अदालतले दोषी ठहर गर्दै जेल चलान गरेको हो । उनी आफ्नो न्यायका लागि उच्च अदालत जाने भएका छन । तर त्यो सुनुवाइ नहुँदासम्म उनी जेलमा नै बस्नुपर्नेछ ।

जिल्ला अदालतमा भएको बहसमा निकोलसले ट्याक्सी ड्राइभरलाई पिटेको स्वीकार गरेका थिए । तर उनले आफू असुरक्षित महसुस गरेकाले आत्मरक्षा गरेको बताएका थिए ।

उनले अदालतमा ट्याक्सी चालकले आफू र आफ्नी प्रेमिकालाई बोतल फालेको बताएका थिए । सन् २००५ देखि २०१४ सम्म आर्सनलबाट खेलेका उनले एक सय ७१ खेलमा ४५ गोल गरेका थिए । तर डेनमार्कको राष्ट्रिय टिमबाट उनी चोटका कारण रसिया विश्वकपको टिममा परेका थिएनन् ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *