Sajhamanch Archive

नेप्से घट्दा लगानीकर्ताले साताभर २४ अर्ब गुमाए

Published: in अर्थतन्त्र by .

काठमाडौं । यससाता नेप्से परिसूचकमा २० दशमलव १३ अंकले घटेको छ । साताभर एकदिनमात्र सुधारिएको सेयर बजारमा चारदिनको गिरावटले बजारलाई समग्र रुपमा ओरालो लगाएको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से १ दशमलव ६२ प्रतिशतले घट्दा परिसूचक १ हजार २ सय २० दशमलव ९८ अंकमा पुगेको हो । एक महिनाअघि पछिल्लो तीन महिनाकै उच्च अंकमा पुगेको नेप्सेमा यससाता समूहगत उपसूचक घट्दा परिसूचक बढ्न सकेन ।

हाल धितोपत्र बजारमा सूचीकृत अधिकांश कम्पनीले बोनस तथा हकप्रद सेयर दिने घोषणा गरिसकेका छन् । अधिकांश कम्पनीले लगानीकर्तालाई आकर्षक लाभांस दिने बताइसकेका छन् । यसैगरी नेप्सेमा सूचीकरण भएका कम्पनीहरु पहिलो त्रैमासिकको वित्तीय विवरण पनि सार्वजनिक गर्ने क्रममा छन् ।

यसो त एक महिनाअघि छोटो समयमा बढेको बजारबाट नाफा बुक गर्नेहरु बढ्दा बजार सुस्त हुँदा दसैं, तिहार लगायतका महत्वपूर्ण चाडपर्वले आम लगानीकर्तामा पनि ‘फेस्टिभ मुड’ले बजार डिस्टर्ब गरेको हो । जसले गर्दा लगानीकार्ताले सेयरमा लगानी गर्न हौसिएका छैनन् ।

यसैगरी दसैंमा ठूलो मात्रामा तरलता बजारमा प्रवाह भएको छ । दसैंमा बजारमा प्रवाह भएको रकम बैंकमा नपुग्दा लगानीकर्तामा कर्जाको ब्याजदरको त्रास जारी छ । असोजपछि ब्याजदर घट्ने अपेक्षामा बसिरहेका लगानीकर्ता ढुक्क नभएका हुन् ।
नेप्सेमा करिब स्थिर देखिँदा यससाता पनि सेयर बजारमा कारोबार रकम न्यून देखिएको छ । कारोबार रकम अघिल्लो साताभन्दा १८ दशमलव ८९ प्रतिशतले बढेपनि उल्लेखनीय भने रहेन ।

नेप्सेका अनुसार यस साता बजारमा १ सय ८३ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २१ हजार १ सय ११ कारोबारबाट १ अर्ब २१ करोड १८ लाख १० हजार कित्ता सेयर किनबेच भए । यसक्रममा ४५ लाख ७७ हजार कित्ता सेयर कारेबारमा आए ।
अघिल्लो साता बजारमा १ अर्ब १ करोड ९२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बिनबेच भएका थिए ।

नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २ सय ५९ दशमलव ६७ अंकमा आईपुगेको छ ।

नेप्से घट्दा यससता लगानीकर्ताले कूल २३ अर्ब ९८ करोड रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेको कूल बजार पुँजीकरण साताको अन्तिम दिन १४ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँमा कायम भएको छ ।

अघिल्लो साता झैं यससाता पनि कारोबार रकम र सेयर संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो । बैंकको साताभर २ लाख ९५ हजार कित्ता सेयर ७ करोड २४ लाख रुपैयाँमा किनबेच भए । अघिल्लो साता झैं कारोबार संख्याको आधारमा १ हजार ४ सय ८४ वटा कारोबारसहित कालिका पावर कम्पनी शीर्षस्थानमा रह्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  यस साता नेप्सेमा कुनै कम्पनीका सेयर सूचीकरण भएनन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *