Sajhamanch Archive

प्रदीप र जसिताको ‘लभ स्टेशन’ दर्जिलिङमा

Published: in टिप्स/जानकारी by .

काठमाडौं  ।  चलचित्र ‘लभ स्टेशन’ यति बेला दाजलिङको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्र छायांकनको अन्तिम चरणमा रहेको निर्माता गोविन्द शाहीले बताए ।

‘११ आसोजबाट दर्जिलिङदेखि छायांकन सुरु भएको चलचित्र अब केही दिनको काम मात्र बाँकी रहेको छ’ निर्माता शाहीले भने ,  ‘तोकिएको समयमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।’

‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लथगायत कलाकारको अभिनय रहनेछ ।
उज्वल घिमिरेले निर्देशन गरिरहेको चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ ।

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेको चलचित्र दाजिर्लिङको अलवा कालिङपोङ, सिक्किम, फिक्कलमा समेत छायाँकन गरिएके छ ।

आलोक शुक्लाको, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको चलचित्रको उमेश थापा लाईन प्रोड्युसर हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *