Sajhamanch Archive

दिनार, दिर्हाम र रियालको भाउ घट्यो : कोरियन वन भने केही पैसाले बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं  ।  आइतबार सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ घटेको छ । त्यसैगरी रियाल, रिंगिट, दिर्हामको पनि भाउ शुक्रबारको तुलनामा कमजोर भएको छ । कोरियन वनको भाउ भने केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *