Sajhamanch Archive

किन अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं ।

विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्त्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ ।

शारीरिक रङ्गरूप अनि आकर्षणमा सम्बन्ध बलियो हुने कुरा हामीले देख्दै आएका छौं । गहिरोसँग विचार गर्दा, धेरैजसो कुरा मानव स्वास्थ्यसँग सम्बन्धित हुन्छ । राम्रो शरीर वा जीउ मिलेको हुनुलाई आकर्षक शरीर भएको मानिन्छ ।

जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ ।

त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ ।

प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । कम्मर नितम्बको अनुपात शून्य दशमलव ७ भएका महिला (कम्मरको नाप नितम्बको नापभन्दा ७० प्रतिशत कम) बढी आकर्षक मानिन्छन् । विभिन्न देश अनि समाजमा शून्य दशमलव ६ देखि शून्य दशमलव ८ वा बढीसमेत हुन सक्छ ।

स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ ।

प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ । केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ ।

दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ ।
सम्भवतः तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहितप्रति किन आकषिर्त :

कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं ।

पुरुष स्वभावले नै यौन सम्पर्क राख्न लालायित हुन्छ । यौन सम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।

अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।

विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।

विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

 – साप्ताहिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *