Sajhamanch Archive

विराटनगरमा नेकपाको चियापान कार्यक्रम, प्रचण्ड र पौडेलले सम्बोधन गर्ने

Published: (Updated: ) in राजनीति by .

माेरङ  । नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने भएका छन्  । साेमबार दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिनुभयाे ।

एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व हुने गरी पार्टी कार्यकर्ताको उपस्थिति हुने आँकलन गरिएको छ । यसरी विराटनगरमा आएर संयुक्त रुपमा पहिलो पटक प्रचण्डले सम्बोधन  गर्न लाग्नुभएकाे हाे । नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई बोलाइएको भए पनि अध्यक्ष ओली अस्वस्थ भएको कारण महासचिव पौडेल र अध्यक्ष प्रचण्ड आउनु हुने नेकपा केन्द्रीय सदस्य गोपी आछामीले बताउनुभयाे ।

हरेक वर्ष यसै गरी शुभकामना गर्दै आएको भए पनि यो वर्ष पार्टी एकीकरणको वर्ष भएकोले संयुक्त रुपमा नेताहरुलाई बोलाएर नेकपाले शुभकामना आदान प्रदान गर्न लागेको हो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम सर्बसाधारण, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, विभिन्न पेशा तथा समुदायका व्यक्तिहरुको उपस्थिति रहने नेकपाले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *