Sajhamanch Archive

१३ जना मान्छे खाने बाघ मारियो

Published: (Updated: ) in समाज by .

रतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो ।

भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो ।  दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो ।

अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो ।

शुक्रवार साँझ बोराती गाउँ नजिकको क्षेत्रमा पुगेकी बघिनी एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन् ।

यो बघिनीलाई मार्नका लागि १०० भन्दा बढी क्यामेराको प्रयोग गरिएको थियो । बघिनीलाई आकर्षित गर्नका लागि रुखमा नक्कली बाख्रा र घोडा पनि राखिएको थियो ।

पछिल्लो समय बाघिनीलाई आकर्षित गर्नका लागि सिवेटोन नामक रसायनको प्रयोग गरिएको थियो । यो रसायन चितुवालाई आकर्षित गर्नका लागि प्रयोग गरिन्छ ।

याे पनि पढ्नुहाेस् । 

मान्छे खाने बाघ मार्न यस्ताे कुकुर 

– बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *