Sajhamanch Archive

प्रदेश–१ मा बजेट कार्यान्वयन सुरु

Published: (Updated: ) in प्रदेश तह by .

विराटनगर, कात्तिक १७ । प्रदेश नम्बर–१ को सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत् बजेट कार्यान्वयनको कार्य सुरु गरेको छ ।

शनिबार मन्त्रालयले विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी तीन अर्ब ७१ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सन्चालनका लागि अख्तियारी हस्तान्तरण गरेको हो ।

कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड ८ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *