Sajhamanch Archive

हाकिमहरुलाई विद्युत प्राधिकरण निर्देशन : चाडबाडका बेला पनि काम गर्नु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले चाडपर्वको बेला निमित्त प्रमुख राखेर आफ्नो काम नछाड्न ठूला जलविद्युत केन्द्रका प्रमुखलाई निर्देशन दिएको छ ।

सोमबार पत्र लेखेर प्राधिकरणले चाडबाडको बेला कुनै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर प्रमुखहरु घर जाने गरेको भन्दै सार्वजनिक बिदाको बेला पनि अत्यावश्यक क्षेत्रमा काम नगर्ने छुट नभएको प्रावधान स्मरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले चाडबाडको बेला सकभर परियोजनाको साइटमै बस्न र घर जानैपर्ने भए पनि परियोजनामा समस्या आउँदा उपलब्ध हुने र सम्पर्कमा रहने गरी बस्न पनि आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *