Sajhamanch Archive

काँकरभिट्टा प्रहरीले घरेलु मदिरा, मरिच र रजनीगन्धा नियन्त्रणमा लियो

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरका विभिन्न स्थानबाट १८५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

घरमा उत्पादन गरी बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् ।

उक्त मदिरा विभिन्न संघ–संस्थाका प्रमुख प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ । यसैगरी अवैधरुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा एक क्वीन्टल मरिच तथा रजनीगन्धा प्रहरीले पक्राउ गरेको छ ।

२५ केजीका ४ बोरा मरिच तथा ३० हजार रुपैयाँ मूल्य बराबरको रजनीगन्धा पक्राउ गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाउने तयारी भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यता प्रहरीले दिपावलीलाई लक्षित गरेर पटकासहित अन्य प्रज्वलनशील बस्तुको आयात रोक्न नाकामा कडाई गरेसँगै पटकासमेत पक्राउ गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *