Sajhamanch Archive

डिल्लीराज माविमा जिल्लास्तरीय जुडो प्रतियोगिता सम्पन्न

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

झापा । झापा गाउँपालिका २ मा रहेको झापा जुडो डोजोको आयोजनामा दोस्रो झापा जिल्लास्तरीय जुडो प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहयोगमा भएको डिल्लीराज माविको खेल मैदानमा आइतबार र सोमबार भएको प्रतियोगितामा जिल्लाभरबाट १७ महिला र ६६ पुरुष खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, जिल्ला समन्वय समिति उपाध्यक्ष मीना पराजुली, झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, रुद्र–गौरी, श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीलगायतले बधाई ज्ञापन गरेका थिए ।

आयोजक जुडो डोजोका अध्यक्ष जगतबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल जुडो संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक गंगाबहादुर खड्काले स्वागत मन्तब्य राखेका थिए भने प्रतियोगिताको सञ्चालन डिल्लीराज मावि व्यवस्थापन समिति सदस्य कृष्णबहादुर खड्काले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *