Sajhamanch Archive

भद्रपुरका विभूति र इष्ट पोइन्टमा आज सांस्कृतिक कार्यक्रम सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर १० स्थित विभूति विद्या मन्दिर माध्यमिक विद्यालयले २५औं वर्षगाँठको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

सांस्कृतिक कार्यक्रममा विभिन्न जातीय भेषभूषासहित नर्सरीदेखि कक्षा ५ सम्मका ४५० जना विद्यार्थीले नृत्य, गायन फेसन शो र नाटकसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्य प्रस्तुत गर्दै प्राज्ञिक निर्देशक पुरुषोत्तम लम्सालले प्राथमिक तहबाटै विद्यार्थीलाई कला संस्कृतिको पहिचान दिलाउन विद्यालय लागिपरेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले स्थापनाकालदेखि हालसम्मको उपलब्धी प्रस्तुत गर्दै गुणस्तरीय शिक्षका लागि विद्यालय निरन्तर सेवारत रहेको धारणा राखेका थिए ।

कार्यक्रममा भद्रपुर नगर शिक्षा कार्यालयका स्रोत व्यक्ति प्रेम भुजेल, वीरेन्द्र नमूना माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी भद्रपुर ४ स्थित इष्ट पोइन्ट अंग्रेजी माध्यमिक विद्यालय महेशपुरले सांस्कृतिक पर्व तिहारको मौलिक पहिचानको संरक्षण गर्न विद्यार्थीहरुमा सीप विकास कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम आज नै सम्पन्न गरेको छ ।

सो विद्यालयमा अध्ययनरत छात्राहरुबीच रङ्गोली निर्माण प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गर्दै तिहारको मौलिक पहिचानको संरक्षण गर्न विद्यार्थीहरुमा सीप विकास कार्यक्रम गरेको हो । सीप विकास कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मकै विद्यार्थीले सहभागिता जनाएको विद्यालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *