Sajhamanch Archive

दूधे आयुर्वेदले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनायो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षीको दूधेमा सोमबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । दूधे आयुर्वेद औषधालयले एक कार्यक्रम गरी धन्वन्तरी जयन्ती राष्ट्रिय आरोग्य दिवस मनाएको हो ।

कार्यक्रममा दूधे आयर्वेदले चिकित्सा क्षेत्रमा गरेको प्रगति र त्यसका समस्याहरुको बारेमा प्रष्ट पारिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद एलपी साँवाले पछिल्लो समय दिर्घरोगहरुको लागि आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै गएको बताए । उनले एलोपेथिक औषधीको प्रयोगले रोग चाँडो निको हुने तर त्यही औषधिको कारणले अर्को रोगको जन्म हुने भन्दै आयुर्वेद चिकित्साले रोगको दिर्घकालिन समाधान गर्ने बताए ।

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले दूधे आयुर्वेदले विरामीप्रति दिएको सेवाका बारेमा चासो व्यक्त गरेका थिए । उनले नगरपालिका क्षेत्रमा एउटा मात्र आयुर्वेद भएकाले त्यसको सेवालाई क्रमशः वडाहरुमा पनि पु¥याउन सकिने बताए । नगरले आयुर्वेद औषधालयलाई सहयोग गर्ने समेत जानकरी दिए ।

दूधे आयुर्वेदमा विगत वर्षहरुको भन्दा यस वर्ष विरामीको सख्यामा बृद्धि भएको आयुर्वेदका प्रमुख कविराज टेकनाथ अर्यालले बताए । उनले आयुर्वेद औषधालयले विरामीका लागि नयाँ उपकरण र सेवा थप गरेसँगै विरामीको संख्यामा बृद्धि भएको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य झलकसिं दलार्मी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, शिवसताक्षी नगरपालिका प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, जिल्ला समन्वय समिति सदस्य जुनु मोहरा, तथा वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *