Sajhamanch Archive

क्यामरुनको एक विद्यालयका विद्यार्थी, प्रधानाध्यापकसहित ८२ जनाको अपहरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

क्यामरुन । अफ्रिकी मुलुक क्यामरुनको एक विद्यालयबाट ७९ विद्यार्थीसहित ८२ जना अपहरणमा परेका छन् ।

पश्चिम क्यामरुनको बामेडाको एक विद्यालयका प्रधानाध्यापकसहित अपहरणमा परेका ती विद्यार्थीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनले सशस्त्र मिलिसिया समूहले विद्यार्थीको अपहरण गरेको दाबी गरेको छ । तर सो समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

सशस्त्र समूहले लामो सरकारको विरोधमा आह्वान गरेको हड्तालमा उक्त विद्यालय सञ्चालन भएको भन्दै कारवाहीको चेतावनी दिएको थियो ।

अपहरणमा पर्ने विद्यार्थी १० देखि १४ वर्ष उमेर समूहका छन् । विद्यार्थी अपहरण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सन् २०१७ बाट छुट्टै मुलुक अम्बाजोनियाको माग गर्दै २० प्रतिशत अंग्रेजी बोल्ने अल्पसंख्यक समुदाय सशस्त्र आन्दोलनमा उत्रिएको हो । सन् १९८२ देखि सत्तामा रहेका पाउल बिया, ७० प्रतिशत मतसहित सातौं कार्याकालका लागि निर्वाचित भएपछि क्यामरुनमा आन्दोलन चर्किएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *