Sajhamanch Archive

मंगलबार विदेशी मुद्राको भाउ बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं ।  सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *