Sajhamanch Archive

प्रियंका चोपडाद्वारा निर्माण गरिएको नेपाली चलचित्रको पोस्टर रिलिज 

Published: in टिप्स/जानकारी by .

काठमाडौं । बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को रिलिज डेट  तय गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा तीन बाल–बालिका फिचर्ड छन् । यही डिसेम्बर ७ तारिकमा रिलिज हुने छ । ‘पाहुनाः द लिटिल भिजिटर’ लाई निर्देशन पाखी ए टेरेबालेले गरेका हुन् भने कथा पनि उनैले लेखेका हुन् ।

प्रदर्शन अगाडि नै चलचित्रले जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार जिति सकेको छ ।

‘पाहुनाः द लिटिल भिजिटर’ प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् ।

 बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *