Sajhamanch Archive

भारतीय सिमा जोडिएका विभिन्न नाकाबाट ठूलो परिमाणमा पटका बरामद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

भद्रपुर । अवैध गतिविधि नियन्त्रण अभियान अन्र्तगत झापा प्रहरीले ठूलो परिणामको पटाका बरामद गरेको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा भित्र्याइएको अवस्थामा झापा प्रहरीले नियन्त्रणमा लिएर राखेको करिव ८ लाख मूल्य बराबरका पटाका नष्ट गरेको हो ।

भारतका बिहार र बंगाल राज्यसँग जोडिएका झापाका विभिन्न नाकाबाट नेपाल भित्र्याइएका सात लाख ९४ हजार ५४६ रुपैयाँ बराबरका पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

झापाका मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज लगायतका नाकाबाट अवैध रूपमा नेपाल ल्याइदै गरेको अवस्थामा प्रहरीले पटका नियन्त्रणमा लिएकोे हो । झापा प्रहरीले विभिन्न प्रकारका १० रुपैयाँदेखि पाँच हजार मूल्य बराबरका पटका चेकजाँचका क्रममा बरामद गरेको जनाएको छ । नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करीको माध्यमबाट नेपाल ल्याइने गरेको प्रहरी उपरीक्षक ढकालले बताए । पटका आयात गर्ने तस्करहरू भागेकाले पक्राउ गर्न नसकेको उपरीक्षक ढकालको भनाइ छ ।

झापा प्रहरीको ३ महिने विवरण अनुसार १ करोड २ लाख ४ हजार ९१ रूपैयाँ बरावरको भन्सार चोरी तस्करीका सामग्री नियन्त्रणमा लिइएको छ । तास जुवा नियन्त्रणमा ५३ जना जुवाडे पक्राउ गरी कानुनी दायरामा ल्याएको विवरण दिने झापा प्रहरीले सदरमुकाम आसपास मै दैनिक हुने हाउजी, तम्बोला बिङ्गो जन्य जुवा खेलको भने रमिता हेरिरहेको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *