Sajhamanch Archive

फोनिक्स अंग्रजी स्कुलका विद्यार्थीहरुद्वारा फुड फेस्टिबल कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । व्यवहारिक ज्ञान र शीप विकासका लागि कमल गाउँपालिकामा रहेको फोनिक्स अंग्रजी स्कुलका विद्यार्थीले फुड फेस्टिवल कार्यक्रम गरेका छन् ।

नजिकै आईरहेको तिहारको अवसर पारेर विधार्थीहरुले सामुहिक भैलो गीत गाउँदै फुड फेस्टिवल गरेका हुन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थीले फेस्टिवल संचालन गरेको विद्यालयका प्रिन्सिपल बदी राईले बताए ।

कार्यक्रममा प्याप्सन झापा जिल्लाका कोषाध्यक्ष रामहरी घिमिरे, कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख भोला दाहाल, स्रोतव्यक्ति केशव भट्टराई लगातयले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारिक ज्ञान र शीपको विकास हुने बताए ।
विद्यार्थीले चाउमिन, मःम, खीर, सेलरोटी, पकौडा लगायतका १८ परिकार तयार पारेका थिए ।

विद्यालय हाता भित्र संचालन गरेको फेस्टिवलमा ५० हजार बराबरको कारोवार समेत गरेको विद्यालयका लेखा संयोजक मिनु राईले बताईन । फेस्टिवलमा ५ सय विधार्थी र उनीहरुको अभिभावकहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *