Sajhamanch Archive

पद्मरत्न तुलाधरको स्मृतिमा मेचीनगरमा श्रद्धाञ्जली सभा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्मृतिमा मंगलबार झापाको मेचीनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेवासमाज समिति मेचीनगरले तेस्रो दिनको पुण्यतिथी पारेर काँकरभिट्टास्थित भीमसेन मन्दिर परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै सहभागी वक्ताहरुले तुलाधरको निधनले यो मुलुकले एकजना मुर्धन्य व्यक्तित्व गुमाउनु पर्दा अपूरणिय क्षति पुगेको बताएका थिए । स्वर्गीय तुलाधर सांस्कृतिक लोकतन्त्रका अगुवा भएको वक्ताहरुको भनाई थियो ।

स्वर्गीय तुलाधरलाई कुनै पनि एउटा पदले मात्र चिनाउन नसकिने भर्दै वक्ताहरुले स्वर्गीय तुलाधर सांसद् मन्त्री, राष्ट्रिय पञ्चायतका निर्वाचित सदस्य, सरकार माओवादी शान्ति वार्ताका सहजकर्ता, र त्यो भन्दा पनि बढी नागरिक अधिकारकर्मीका रुपमा निरन्तर सार्वजनिक हितमा समर्पित रहेको चर्चा गरेका थिए । नेवारी समुदायको हक हित अधिकारका लागि स्वर्गीय तुलाधर अहोरात्र लडेका थिए । वक्ताहरुले उनी नेवारी समुदायमा जन्मे पनि नेपालकै छोरो भएको बताए ।

बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा पद्मरत्न तुलाधरको संयोजकत्वमा नेपाल संवत् सम्बन्धी अध्ययन र सुझाँव समिति समेत गठन भएको भन्दै उनीहरुले समितिले तयार गरी बुझाइएको प्रतिवेदनमा इस्वी संवतलाई अन्तराष्ट्रिय संवतका रुपमा मान्ने, नेपाल संवतलाई व्यवहारिक बनाउने, विज्ञ सम्मिलित कार्यदल बनाउनुपर्नेलगायतका सुझाँव दिइएको भएपनि समितिको सुझाव कार्यान्वयन नभएको र प्रतिवेदन कहाँ छ ? कसैलाई थाहा नभएको चर्चा गरेका थिए ।

समाजका अध्यक्ष कमल गुभाजुको सभापतित्व र सचिव उषा श्रेष्ठले सञ्चालन गरेको श्रद्धाञ्जलीसभामा नेवा देय दवुका केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, मेचीनगर उपाध्यक्ष उदयकुमार श्रेष्ठ, समाजका पूर्व अध्यक्ष राजु मर्हजनलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *