Sajhamanch Archive

देउसीभैलो खेल्न हिँडेको जिप पल्टिँदा २७ जना घाइते, पाँचको अवस्था गम्भिर

Published: in राष्ट्रिय समाचार by .

दाङ । दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको जिप पल्टिँदा २७ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए। घाइते हुनेहरूमा तुलसीपुर ७ निबासी १६ वर्षीया रमा एलसी, सोही ठाउँ निवासी विपना चौधरी, १४ वर्षीया रन्जीता भट्टराई, १८ वर्षीया सरस्वती भट्टराई, १७ वर्षीय पवन डाँगी, १६ वर्षीय सुरज अधिकारी, १७ वर्षीय कुसुम कवर, १८ वर्षीय कमल भुजेल, १८ वर्षीया गीता वली रहेका छन्।

त्यस्तै १८ वर्षीया लक्ष्मी विक, १७ वर्षीया भावना वली, १८ वर्षीय दोर्जे गुरुङ, १५ वर्षीय अनुस चौधरी, १७ वर्षीय विजय घर्तीमगर, १५ वर्षीयका विनोद पुलामी, १४ वर्षीया सृष्टि मगर, २४ वर्षीया रञ्जीता चौधरी, १९ वर्षीयका विजय घिमिरे घाइते भएका छन्। त्यसैगरी, विकास बलामी, सन्तोष हमाल, प्रविन भट्टराई, मेघराज पोख्रेल मधुसुदन चौधरी, रोशन चौधरी र कृष्ण चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई कोहलपुर पठाइएको सशस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए। प्रमुख न्यौपानेका अनुसार घाइतेहरूलाई सशस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अंचल अस्पताल तुलसीपुरमा पुर्‍याइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *