Sajhamanch Archive

दर्दनाक घटनाः दिपावलीमा तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटका

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

नयाँ दिल्ली हिन्दूहरुको महान पर्व दीपावलीले सबैलाई सत्कर्मतर्फ डोर्याउने पर्वका रुपमा लिइन्छ । तिहारले सबैमा भाइचाराको सम्बन्ध विकास गर्ने विश्वास पनि लिइन्छ ।

तर, भारतीय राज्य उत्तर प्रदेशको मेरठ जिल्लामा भएको एक घटनाले दीपावली पर्वकै महत्व घटाइदिएको छ । मंगलवार मेरठमा एक युवकले ३ वर्षीया बालिकाको मुखभित्र पटाका पड्काइदिएको घटना सार्वजनिक भएको छ ।

मुखभित्र पटाका पड्काउँदा ३ वर्षीया बालिकाको जिब्रो नै काटिएको छ । गला फुटेका छन्, भने उनको अवस्था गम्भीर रहेको जनाइको छ ।

घटनालगत्तै बालिकालाई अस्पताल पुर्याइएको थियो । तर, मुखभित्र पटाका बिस्पफोट हुँदा उनको जिब्रो काटिएको छ । उनको मुखभरी पटाकाको धुलो जमेको छ ।

चिकित्सकका अनुसार बालिकाको मुखभित्र घाउ नै घाउ भएको छ । गला फुट्दा ५० वटा टाँका लगाउनुपरेको चिकित्सकहरुले बताएका छन् ।

स्थानीय प्रहरीले युवकविरुद्ध उजुरी दर्ता गरेर खोजी शुरु गरेको जनाएको छ । बालिकाका बुवाले प्रहरीमा दर्ता गराएका उजुरीमा युवकको नाम हरपाल उल्लेख गरेका छन् ।

बालिकको बुवाका अनुसार बालिका आफ्नै घरका बाहिर आँगनमा खेलिरहेकी थिइन् । हरपाल आए र बालिकाको मुखमा सुतली बम राखे । बाहिरबाट आटो लगाइदिएपछि सुतली बम बालिकाको मुखभित्र फुटेको प्रत्थक्षदर्शीको भनाइ छ

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *