Sajhamanch Archive

वाणिज्य बैंक ६६६ स्थानीय तहमा पुगे: राष्ट्र बैंक

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

संघीयता कार्यान्वयनकाक्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको बैंकले जनाएको छ ।

प्रदेश नम्बर–२ मा सबैभन्दा बढी बैंकको शाखा संख्या पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम शाखा संख्या रहेको छ ।

प्रदेश नम्बर–१ मा ११८ ओटा बैंकको शाखा पुगेको छ । प्रदेश–२ मा १३०, प्रदेश–३ मा १०८, गन्डकी प्रदेशमा ८०, प्रदेश–५ मा १०६ ओटा बैंकको शाखाहरु पुगेको छ ।

यस्तै, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ६५ ओटा शाखा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *