Sajhamanch Archive

मुख्य मन्त्रीको समाचार लेख्ने पत्रकार अमेरिकामा कुटिए

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् ।

उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको पुष्टि गरेको छ ।

हाल न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका लोकमणि राईले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयोगीको साथीले कुटेको दावी गरेका छन् । राईले स्टाटसमा लेखेका छन्, ‘नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर उनका निकट सहयोगी पारूहाङ राईका सोल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्यो । कुन अस्पताल ल्यायो थाहा छैन । अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *