Sajhamanch Archive

जिप र ट्याक्सी ठोक्किदा तीन जनाको मृत्यु,

Published: in राष्ट्रिय समाचार by .

बारा । बाराको निजगढमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिप र विपरित दिशाबाट आइरहेको बा २ ज  २११७ नम्बरको ट्याक्सी शनिबार राति करिब १ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी बारा निजगढ नगरपालिका ७ का वर्ष २५ का आकाश माझी, सोही ठाउँका विशाल माझी र भक्तपुरका वर्ष २८ का समुद्र श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परेका श्रेष्ठको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो भने अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको निजगढ प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *