Sajhamanch Archive

देउसी भैलोबाट संकलित रकम मृगौला पीडित बुढाथोकीलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिका वडा नं. ९ की मृगौला पीडित सम्झाना बुढाथोकी (राउत) लाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

स्थानीय अनिल खरेलको नेतृत्वमा देउसी भैलोबाट संकलित गरेको ५० हजार ५ सय ६५ रुपैयाँ बुबा भुवन बुढाथोकी र सम्झाना बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

२७ वर्षीय सम्झानाको २०७३ माघमा गौरीगञ्ज गाउँपालिका निवासी रमेश राउतसँग विवाह बन्धनमा बाधिएकी थिइन् । विवाह भएको ४ महिना नबित्दै दुवै मृगौलाले काम गर्ने थाहा पाएपछि घर र माइती पिडामा परेका छन् । सम्झनालाई एक्कासी बान्ता आउँन थालेपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुवै मृगौला फेल भएको थाहा भएको बुबा भुवन बुढाथोकीले बताए ।

उनले छोरीलाई काठमाण्डौसम्म लगेर उपचार गरिएको र डाक्टरले दुवै मृगौला प्रतियारोपण गर्नु पर्ने बताएपछि हाल मेची अञ्चल अस्पताल भद्रपुरमा डाइलोसिस गराइरहेको जानकारी दिए । हप्तामा दुई पल्ट डायलोसिस गर्नु पर्दछ उनले भने, हप्तामा डाइलोससमा मात्र ५२ सय खर्च हुने गरेको छ । उनले आफ्नो सन्तान भन्दा ठुलो केही होइन भन्दै छोरीको उपचारका लागि घर समेत बेचेको जानकारी दिए । सम्झानाको उपचारमा २२ लाख ५० हजार खर्च भईसकेको परिवारले जनाएको छ । हाल सम्मझना शिवसताक्षीको दूधेमा माइतमै बसेर उपचार गराइरहेकी छिन् ।

स्थानीय शिक्षक यादवप्रसाद घिमिरेले उहाँको दुःख केही राहत स्वरुप सो रकम हस्तान्तरण गरिएको बताए । मानविय हिसावले देउसी भैलोबाट संकलन गरेर हामीले उपचारमा सहयोग होस् भनेर रकम हस्तान्तरण गरेका हौं उनले भने । सबैले मृगौला पीडित सम्झानाको उपचारकालागि सकेको सहयोग रकम उपलब्ध गराउने सके उनको मृगौला प्रतियारोपण गरी नयाँ जीवन दिन सकिने शिक्षक घिमिरेले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रकाश पोख्रेल, चन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *