Sajhamanch Archive

अाज फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती

Published: in समाज by .

इलाम । १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती मनाइँदैछ। किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी नेपालका विभिन्न जिल्लामा मनाइँदैछ।

इलाम पाँचथरको लेव्रेकुटीसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा दिवस मनाइन लागेको हो। फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माइ नगरपालिका, माङसेवुङ गाँउपालिका र फाकफोकथुम गाँउपालिकाले सार्वजनिक विदा दिएका छन्।

त्यसैगरी झापाको दमक नगरपालिका र अर्जुनधारा नगरपालिका तथा पाँचथरको फाल्गुनन्द गाँउपालिकाले समेत सार्वजनिक विदा दिएको छ। १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्द लिङदेनले पाँचथरलाई कर्मभूमि बनाएर जीवनको अन्तिम घडीसम्म साँस्कृतिक अभियानको ज्ञान छरेका थिए।

उनले १९८८ वैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालीन १० लिम्वुवानका प्रतिनिधि र किराँत याक्थुङ चुम्लुङ बोलाएर १० बुँदे सत्यधर्म मुचुल्का पारित गराएका थिए। यसलाई किराँत समुदायले किराँत संस्कृतिको पहिलो खुट्किलोको रूपमा लिइएको छ। उनको निधन २००५ साल चैत्र २२ गते भयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *