Sajhamanch Archive

शौच गर्न जाँदा एक महिलाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कनकाई । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा आज बिहान शौच गर्न जाँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा डिवु गाउँपालिका वडा नं. ४ की ५७ वर्षीय दिनवाई तामाङ्ग रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गस्थित दुर्गापुरमा पश्चिमबाट पूर्वतर्फ आइरहेको सुमो गाडीमा सवार तामाङ्ग विहान साढे पाँच बजे शौच गर्न गाडी रोकेर बाटो काट्ने क्रममा पिकअप भ्यानले तामाङ्गलाई ठक्कर दिएको थियो ।

तमाङ्गको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । ठक्कर दिने पिकअप भेन अनियन्त्रित हुँदा भ्यानमा रहेका ४ वटा राँगा समेत मरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *